धनकुटा राजधानी भएपछि सर्वसाधारणले गरे दिपावली…

धनकुटा सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी धनकुटालाई तोकेपछि खुसीयालीमा धनकुटा बजारबासीले खुशीयाली मनाएका छन् ।.

तस्वीर : अस्थायी प्रादेसिक राजधानी घोषणा पछि धनकुटामा गरिएको दिपावली ।
                                          तस्वीर : अस्थायी प्रादेसिक राजधानी घोषणा पछि धनकुटामा गरिएको दिपावली ।

बजारबासीले स्वस्फुर्त रुपमा धनकुटामा दिपावली गरेर खुसीयाली मनाएका हुन् ।

धनकुटा बजारको मदनचौक, चुवाकोबोट, हुलाटोल, सिरानबजार, तल्लो कोप्चे, हिले, ओरेन्ज सिटी, भीमनारायण चौकमा भेला भएर दिपावली गरेका छन् ।

त्यस्तै सवै घरले पेटीमा दिप बालेर बजार उज्यालो परेका छन् ।
धनकुटालाई प्रदेसको राजधानी तोक्न माग गर्दै काठमाडौ सम्म लविङ गर्न पुगेका धनकुटाबासी हर्षित भएका छन् ।

धनकुटालाई राजधानी माग गर्ने टोलीको नेतृत्व गरेका धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेस घिमिरेले जिल्लाबासीको अनुरोधलाई सरकारले स्वीकार गरेर अस्थायी घोषणा गरेपनि अव स्थायी राजधानी बनाउन चुनौति रहेको बताए ।

सरकारको उक्त निर्णयलाई धनकुटाका बिभिन्न राजनैतिक दलहरुले बिज्ञप्ती जारी गरेर स्वागत गरेका छन् ।

धनकुटालाई राजधानी बनाउन बजारबासीले पटकपटक आन्दोलन गर्दै आएका थिए ।

धनकुटामा ३ सय ९१ वटा सरकारी भवन, शहरी विकासको नाममा करिव ३ सय रोपनी जग्गा, विद्युत प्राधिकरणको दुई र धनकुटा नगरपालिका स्वामित्वमा ४८ हजार ६ सय ३५ रोपनी सार्वजनिक जग्गा रहेको छ ।

राणा शासनकालको मुख्य गौडा र पन्चायतकाल पुर्वाञ्चलको सदरमुकाम रहेको धनकुटा बहुदलीय प्रजातन्त्र आएपछि ओझेलमा रहेको थियो

Comments

comments