जापानमा ट्रम्पले मञ्चमै उतारे कोट र पत्नीलाई सोधे–हनी म कस्तो देखिएँ? (भिडियो)

काठमाडौं। जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापानस्थित अमेरिकी सेनाको एक समारोहमा सहभागी हुँदाको क्षण आन्तराष्ट्रिय सञ्चारमाध्यमका लागि खुराक बन्यो।

मञ्चमा ट्रम्प सदावहार आफ्नो पोषाक सोतो सर्ट र निलो ज्याकेटमा प्रस्तुत थिए। कार्यक्रम संचालकले ट्रम्पलाई औंल्याउँदै भन्छन्– ‘राष्ट्रपतिज्यु तपाइँलाई एउटा कुरा भन्न चाहन्छु कि तपाइँले पहिरिएको कोट निकै सुहाएको छ। तर केही अभाव भैरहेको छ।’

ट्रम्पले रोचक मानेर ती प्रस्तोतालाई नियाल्छन्। उनले अनुहारको भाउ मिलाउँदै प्रतिकृया जनाउँछन्– ओउ..। ट्रम्पपत्नी पनि के हुन लाग्यो भन्ने अलमलमा देखिन्छिन्।

ती प्रस्तोताले अगाडि सैन्य कमाण्डरलाई मञ्चमा बोलाउँछन् र ट्रम्पलाई सैन्य ज्याकेट पहिरनका लागि अनुरोध गर्छन्।

ट्रम्पले मञ्चबाट सोध्छन्–के म यो ज्याकेट लगाउँ?

हाल्ला आउँछ–एस।

ट्रम्पले तत्क्षण आफ्नो निलो कोट उतारेर सैन्य ज्याकेट लगाउँछन्। सहभागीबाट चर्को हुटिङ सुनिन्छ।

ट्रम्पले भन्छन्–यो मलाई मन पर्यो।

ट्रम्प सैन्य कमाण्डरतर्फ फर्किएर भन्छन्–त्यो मेरो कोट तपाइँ नै राख्नुस्। त्यसपछि ट्रम्पले पत्नीलाई सोध्छन्–तिमिलाई मन पर्यो? जवाफ आउँछ–मन पर्यो।

त्यसपछि ट्रम्पले सम्बोधन गर्छन्। डिसीनेपालबाट |

भिडियोमा हेर्नुस्ः

Comments

comments