पत्नीसहित ट्रम्प जापान उत्रिदा… (फोटो फिचर)

जापान । एशियाली मुलुकहरू भ्रमण गर्न निस्केका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापान अोर्लिएका छन्।

११ दिने भ्रमण तालिका बोकेर निस्केका ट्रम्पले जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्नेछन्।

अमेरिकी राष्ट्रपतिले एशियाली देशको यति लामो भ्रमण गरेको २५ वर्षपछि पहिलो पटक हो।

ट्रम्पको यो भ्रमणले उत्तर कोरियासँगको पछिल्लो तनाव व्यवस्थापनबारे अमेरिकी पहलमा एैक्यबद्धता बढाउने बुझिएको छ।

ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले पहिलो भ्रमण जापानबाट थालेका छन्। ट्रम्पले जापानी प्रधानमन्त्री सिञ्जो अबेसँग भेट गरेका छन्र।

ट्रम्प मंगलबार दक्षिण कोरिया पुग्ने छन्। बुधबार ट्रम्प चीन पुग्नेछन्। (तस्बिरः एपी) / डिसीनेपालबाट |

Comments

comments