उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लाग्यो ठूलो झड्का

एजेन्सी। उत्तर कोरियाको परमाणु कार्यक्रमलाई ठूलो झड्का लागेको छ। उत्तर कोरियाको परमाणु परीक्षण स्थलमा भएको दुर्घटनामा करिव २०० व्यक्तिको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। बेलायती संचारमाध्यकको एक रिपोर्ट अनुसार पंगी–री परमाणु परीक्षण स्थलमा निर्माण कार्य हुँदै गर्दा भएको दुर्घटनामा दुई सयको ज्यान गएको हो।

सो दुर्घटना हुँदा टनेलमा कार्यरत दुई सय मजदुरको मृत्यु भएको र अन्य एक सय भन्दा बढी घाइते भएका छन्। पहिलो दुर्घटनामा उद्दार जारी रहेका बेला अर्को दुर्घटना पनि भएको थियो।

केही सयम अगाडि उत्तर कोरियाले परीक्षण गरेको परमाणु र हाइड्रोजन बमका कारण पहाडमा असर परेको थियो। त्यही कारणले सो दुर्घटना भएको हुन सक्ने बताइएको छ। सो दुर्घटनापछि रिडियोएक्टिभ लिक हुने खतरा उत्पन्न भएको संचारमाध्यमले उल्लेख गरेका छ।

केही समयअगाडि अन्तर्राष्ट्रिय संचारमाध्यमले उत्तर कोरियाको म्यानटप पहाडमा एक सय मिटर गहिरो खाली ठाउँ भएको र सो ठाउँमा विस्फोट हुन सक्ने समाचार सम्प्रेशण गरेका थिए।

उत्तर कोरियाले आफ्नो परमाणु परीक्षण स्थलमा २००६ देखि हालसम्म ६ वटा ठूला  परमाणु परीक्षण गरिसकेको छ। जसका कारण जमिनको भित्री भागसम्म असर परेको छ। म्यानटप पहाडमा फेरि पनि परमाणु परीक्षण गरे पहाड झर्ने आशंका गरिएको थियो।  उत्तर कोरियाका नेता किम जोङ उन जैविक हतियार निर्माणमा जुटेका छन्। –डिसीनेपाल बाट |

Comments

comments