माओवादी नेता बालकृष्ण ढुंगेल चारखाल कारागार चलान

आज बिहान पक्राउ परेका माओवादी केन्द्रका नेता तथा पूर्वसभासद् बालकृष्ण ढुंगेललाई सदरखोर कारागार चारखाल चलान गरिएको छ । फैसला कार्यान्वयनका लागि उनलाई कारागार पठाउन अदालतले आदेश दिएपछि प्रहरीले चारखाल कारागार चलान गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आज बिहान ललितपुरको सातदोबाटोबाट पक्राउ गरेपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो । सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाइएका ढुंगेल आठ वर्षपछि पक्राउ परेका हुन् ।

सशस्त्र द्वन्द्वको समयमा ओखलढुंगाका उज्वनकुमार श्रेष्ठको हत्यामा दोषी रहेको ठहर गर्दै अदालतले उनलाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो भने सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो। -समाचार साभार :-नयाँपत्रिकाबाट

Comments

comments