युवाहरुको होस् उडाउने २५० सीसीको अत्यन्तै आकर्षक अफरोड इटालियन बाइक नेपाल भित्रियो, के-के छन त बिशेषता र मूल्य कति नि ? जान्नुहोस (फोटो सहित)

युवाहरुको होस् उडाउने २५० सीसीको अत्यन्तै आकर्षक अफरोड इटालियन बाइक नेपाल भित्रियो, के-के छन त बिशेषता र मूल्य कति नि ? जान्नुहोस (फोटो सहित)

काठमाडौँ, १३ कार्तिक । नेपाली दुई पांग्रे बजार लक्षित गर्दै अनेकौं अन्तर्राष्ट्रिय ब्रान्ड भित्रिइरहेका छन् । यही सूचीमा अर्को नाम थपिएको छ– फ्यान्टिक मोटर । फ्यान्टिक मोटरको उत्पादन एन्डुरो कम्पिटोजोन २५० ईआर नेपाल भित्रिएको छ ।

डर्ट सेग्मेन्टमा रहेको यस बाइकको प्रमुख विशेषता भनेको सिंगल सिलिन्डर फोर स्ट्रोक लिक्विइड कुल्ड इन्जिन, आल्मुनियम फ्रेम र फाइबर ट्यांक हो । २५० सीसी इन्जिन क्षमता रहेको यस बाइकमा इलेक्ट्रिक स्टार्ट, ६ गियर, अटोमेटिक बाइक स्ट्यान्डजस्ता अन्य विशेषता छन् ।

१४२० मीमी ह्विल बेस, २१०० मीमी लम्बाइ रहेको यस बाइकको कुल वजन १०३ केजी छ । यसको पेट्रोल ट्यांकको क्षमता साढे ७ लिटर मात्रै छ । नेपाली बजारमा यसको मूल्य ८ लाख ५० हजार तोकिएको छ । यसलाई बाइकर्स नेपालले नेपाल भित्र्याएको हो । बाइकको माइलेज प्रतिलिटर २५ किमि रहेको बाइकर्स नेपालका जनसम्पर्क अधिकृत निखिल ठकुरी दाबी गर्छन् ।

तीव्र गति, वजनदार, जटिल बनोट भएका कारण यस्तो खालको बाइक चलाउँदा आधारभूत ज्ञान भने हुनै पर्छ । चलाउनेसँग सिटिङ पोस्चर, बाइक र शरीरको सन्तुलन, अफ रोड बाइक भएको हुनाले बाइक चलाउने भूबनोट जस्ता कुरामा ध्यान दिन जरुरी छ ।

.

यस बाइकको उचाइ ९१५ मीमी भएको हुनाले कम उचाइ भएका व्यक्तिका लागि त्यति उपयुक्त नहुन सक्छ । साथै, कम ट्यांक क्षमता भएका कारणले गर्दा लामो दूरी यात्रा गर्नुपरेमा अतिरिक्त पेट्रोलको व्यवस्था गर्न झन्झटिलो हुन्छ ।

यसमा ग्रिपवाला टायर भएको हुनाले पिचमा चलाउँदा टायरको आयु कम हुनुको साथै यसमा चेन कभर पनि नहुनाले हिलो, धूलो माटो टाँसिन सक्छ जसले गर्दा चेनमा समस्या आइरहन सक्छ ।

यसको बिक्री कक्ष लाजिम्पाटमा छ । कम्पनीका अनुसार छिट्टै नै क्याफे रेसर संस्करणको क्याबलेरो मोटरबाइक पनि नेपालमा बिक्री गर्ने तयारी छ । बाइकर्स नेपालले ग्राहकको अर्डर आएपछि मात्रै बाइक आयात गर्ने गरेको छ । नेपालमा यो बाइकको मुख्य प्रतिस्पर्धी होन्डा सीआरएफ हो । तर, होन्डा सीआरएफको भन्दा कम्पिटोजोन २५० ईआरको मूल्य कम रहेको कम्पनीको दाबी छ । नेपालमा होन्डाको उपस्थिति बलियो रहेको हुनाले प्रतिस्पर्धीभन्दा अघि जान यसले निकै नै मिहिनेत गर्नुपर्ने हुन्छ ।

तत्कालीन अमेरिकी बजारलाई लक्षित गरी मिनी बाइक गो कार्ट उत्पादन सुरु गरेको फ्यान्टिक मोटर इटाली ब्रान्ड हो । यसको स्थापना सन् १९६८ मा भएको थियो ।

समाचार साभार –अम्बर गुरुङ/कान्तिपुर साप्ताहिकबाट

Comments

comments