अफगानिस्तान विरुद्ध अर्धशतक बनाउन सिर्फ दुर्इ रनले चुके दीपेन्द्र

आइसीसी यू–१९ विश्वकपको एसिया छनोट अन्तर्गत अहिले भइरहेको अफगानिस्तान विरुद्धको अन्तिम खेलमा नेपालका दीपेन्द्र सिंह ऐरी अर्धशतक बनाउन दुई रनले चुकेका छन्।

अफगानिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा दीपेन्द्र ४८ रनमा अाउट भएका हुन्। ८१ बलकाे सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरे।

खराब सुरुवात गरेको नेपालको पारी उकासेका थिए। उनी अाउट भएपछि कप्तान सन्दिप लामिछाने क्रिजमा अाएका छन्। समाचार तयार पारुञ्जेल ३६ ओभरको खेल सकिदा नेपालले ७ विकेट गुमाएर ८९ रन बनाएको छ।

यसअघि नेपालले २३ रनको स्थितिमै आफ्नो शीर्ष ४ ब्याट्सम्यान गुमाएको थियो। नेपालका लागि ओपनर सन्दिप सुनार ६ र आसिफ शेखले २ रन मै आउट भए। प्रनित थापामगरले खाता नै खोल्न सकेनन् भने अनिल शाहले पनि दोहोरो अंक जोड्न सकेनन्।

त्यसअघि अफगानिस्तानका ओपनर इब्राहिम जद्रानले शतकीय पारि खेलेपछि नेपालले १ सय ९६ रनको लक्ष्य पाएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेकोे अफगानिस्तानलाई नेपालले ४६.५ ओभरमा अलआउट गर्दै १ सय ९५ रन मा रोकेको छ। शतकिय पारी खेल्नेक्रममा ओपनर भद्रानले १ सय १४ बलको सामना गर्दै १ सय १ रन बनाए। आफ्नो पारीमा जद्रानले ७ चौका र ५ छक्का प्रहार गरेका थिए।

त्यस्तै, अफगानिस्तानका इकरम अलि खिलले २४ तथा नबिद ओबेदले २२ रन जोडे।

नेपालका लागि साहब आलमले ४ विकेट लिए। ८.५ ओभरको स्पेलमा उनले १ ओभर मेडन राख्दै ३० रन खर्चिका थिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ३ तथा सन्दिप लामिछाने र पवन शर्राफले समान एक विकेट लिए।

प्रतियोगिताको विजेताले अर्कोबर्ष हुने यू–१९ विश्वकपमा सहभागिता जनाउन पाउने प्राबधान छ। डबल राउण्ड रोबिनको आधारमा खेलाईएको खेलमा अफगानिस्तान विरुद्धको पहिलो खेलमा नेपाल १ सय ४१ रनको फराकिलो अन्तरले पराजित भएकाले नेपालको विश्वकपमा छनौट हुने झिनो आशा पनि लगभग टुंगिएको छ। –नेपालखबर

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *