अफगानस्तानविरुद्ध नेपालको कमजोर प्रर्दशन, २४ रनमा ४ विकेट चट्

काठमाण्डु, १० साउन – आईसीसी यू–१९ विश्व कप अन्तर्गत सिंगापुरमा जारी एसियाली छनोट खेलमा अफगानस्तानले दिएको १९६ रनको लक्ष पछ्याइ रहेको नेपालले आज पनि खराब व्याटिङ गरिरहेको छ । नेपाललाई अफगानिस्तानले १९६ रनको चुनौती दिएको छ । १२ ओभरमा २४ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको छ ।

सन्दीप सुनुवार ६ रनमा आउट भए भने आशिफ शेख २ रनमा बनाएर आउट भए प्रनित थापा मगर खाता नै नखोली आउट भए । त्यसैगरी अनिलकुमार शाह ६ रनमा आउट भए। यस प्रतियोगितामा नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि व्याटिङमा निकै कमजोर प्रदर्शन गरिरहेको छ । टस जितेर पहिले व्याटिङ गरेको अफगानिस्तानले ४६।५ ओभरमा अलआउट हुँदै १९५ रन बनाएको थियो ।

यसअघि बिहीबार अफगानिस्तानसँगको खेलमा नेपाल १४१ रनले पराजित भएको थियो । अगानिस्तानले दिएको १९१ रनको लक्ष पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाइ ४९ रन मात्रै बनाउन सकेको थियो ।काठमाण्डु टुडेबाट

Comments

comments