२४ दिने बेहोस बालक मेयर भीम पराजुलीको गाडीमा किन ?.. यस्तो छ अतिनै मन रुने खबर …

विराटनगर  । न बस्ने घर छ न त घरमा खाने कुरा नै । भएभरका घरका सामान बाढीले बगाईदियो । आम्दानीको स्रोत पनि केही छैन । उपचार गरु सुको पैसा छैन । यस्तै पिडा र अभावमा बेहोस बच्चा बोकेर आँफ्ना गह भरी आशु बगाएर रोईरहेकी एक महिला विराटनगर महानगरपालिकाको वार्ड नं. १९ को खदरा टोलमा भेटिइन् ।

विराटनगर महानगरपालीकाका मेयर भिम पराजुलीको गाडीमा बच्चालाई उपचारका लागी अस्पताल लैजादै ।

उनका आफ्नै बथा व्यर्थाछन् मन भरी वरीपरीका मानिस आँउछन् अनि टाढैबाट हेरेर बाटो काट्छन् । तर त्यही बेला विराटनगर महानगरपालीकाका मेयर भिम पराजुली पनि कतैबाट त्यहाँ पुग्छन् । पराजुलीलाई त्यो के भएको रहेछ भनेर सोधपुछ गर्न थाले । पराजुलीले बच्चा बेहोस अबस्थामा देखे उता आमा भने रोईरहेकी छिन् । पराजुलीले तत्काल बच्चाको स्वास्थ्य चेक गर्नु पर्ने देखेपछी आफै चढेको गाडीमा राखेर स्थानीय सुरक्षा अस्पतालमा उपचार गर्ने प्रबन्ध मिलाए ।

स्थानीय रुन्तीदेवी ऋषिदेव आर्थिक अभावका कारण बच्चाको उपचार गर्न नसकेर पो बच्चा बेहोस अबस्थामा रहको रहस्या खुल्यो । रुन्तीदेवीले विस्तारै आफ्नो रामकहानी सुनाउन थालिन् । रुन्तीदेवीले बच्चाको जन्म दिएको मात्र २४ दिन मात्र भएको थियो । सुत्केरी भएको पुरा महिना दिन पनि नपुग्दै बाढीको चपेटामा उनी परिन् । आम्दानीको कुनै स्रोत नभएको र भएको एउटा घर समेत बगाइपछि ऋषिदेव चिन्तामा थिइन् । आफुले भने जस्तो बच्चालाई लालनपोषन गर्न नसकेपछि बेहोस अबस्थामा पुगेको उनले भनिन् ।


अस्पतालमा परिसरमा २४ महिने बालकको उपचार हुदै ।
जब अस्पतालमा बच्चाको उपचार हुन थाल्यो ऋषिदेव मेरो बच्चाले नयाँ जिवन पायो भनेर हर्षित भइन् । मेयर पराजुलीले बच्चाको पूर्णरुपमा उपचार गर्ने र बच्चाको आमालाई खानपिनका लागी समेत व्यवस्था गरिदिए ।बच्चाको स्वास्थ्यमा आएको सुधार देखेर ऋषिदेवले भनिन् भगवानले मेरो बच्चा बचाउन मेयरसापलाई पठाउनु भएका ेरहेछ । ‘म त बच्चालाई लिएर मरौ की जस्तो लागिरहेको थियो । मेरो भाग्य नै भन्नु पर्छ मेयरसापले मेरो बच्चा र मलाई बाच्ने बातावरण बनाइदिनु भयो ।’मेयर पराजुलीले बच्चालाई उपचारको व्यवस्था मात्र होइन पुनः आइतवार समेत बच्चाको स्वास्थ्य स्थिती बुझ्न शुरक्षा अस्पताल पुगे । पराजुलीले बच्चा बचाउनका लागी गरेको प्रयासलाई डां. रम्भादेवले अधितम प्रयास गरिन् । अहिले बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको डां देवले जानकारी दिईन् ।- आवरबिराटनगरमा खबर छ |

Comments

comments