श्रीमान् र घरपरिवारले कुटपिट गरेपछि २ वर्षकी छोरी र ११ महिनाका छोरालाई झुण्डायर आफुले पनि गरिन आत्महत्या (फोटो सहित)

एजेन्सी,२६ असोज | घरपरिवार तथा श्रीमानले दुख दिदा आफ्नै दुइ छोरा-छोरीले गरे एक महिलाले आत्महत्या | आफ्नो २ बर्षकी छोरी र ११ महिनाको छोरा संगै एउटै पासोमा झुण्डिएर आत्महत्या गरेकी हुन् । छोराछोरी संगै उनको शव प्रहरीले बुधवार भेटेको थियो |

ति महिलालाई आफ्नै श्रीमान तथा परिवारले लगातार पैसाको माग गर्ने र नदिँदा कुटपिट गर्ने गरेपछि दिक्क भएर आत्महत्या गरेको बताईएको छ | भने उनका श्रीमान् र सासूलाई पक्राउ गरेको छ ।ती महिलाका मामाका छोराले यी महिलालाई झुक्याएर बिहे गरिएको खुलाएका छन् ।

भारतको उत्तर प्रदेश प्रतापगढकी मञ्जु नामकी ती महिलाको विवाह सन् २०१४ मा नागेन्द्र नामका युवकसँग गरिएको थियो । मामाका छोरा पंकज मिश्राका अनुसार त्यतिबेला मञ्जुलाई नागेन्द्र वकिल भएको भनिएको थियो तर नागेन्द्र केही काम गर्दैनथे । बिहेमा ठूलो परिमाणमा दाइजो दिइएको थियो र १ लाख रुपैयाँ नगद समेत दिइएको थियो ।

नागेन्द्रकी एक बहिनी थिइन् जसको बिहे आगामी नोभेम्बरमा हुने वाला थियो । त्यसका लागि नागेन्द्रले मञ्जुका पितासँग ३ लाख रुपैयाँ मागेका थिए । तर, मञ्जुका पिताले रकम दिन अस्वीकार गरेका थिए । उनले १ लाखसम्म दिन सक्ने बताएका थिए । यसपछि नागेन्द्रले मञ्जुलाई सताउन थालेका थिए ।-साझा पेज बाट |

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *