विराटनगरको नोवेल अस्पतालमा विना चिरफार टाउकोको अपरेसन …

विराटनगर १८ असोज । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरले पहिलो पटक बिना चिरफार अत्याधुनिक उपकरणबाट टाउकोको ट्यिूमरको उपचार गर्ने प्रविधी ल्याएको छ ।


अस्पतालले नाक तथा टाउकोमा पलाएको ट्यिूमर, क्यान्सर जस्ता रोगलाई बिना चिरफार गरेर उपचार समेत गरिसकेको छ ।

इन्डोस्कोपि दुरविन प्रविधिको माध्यमबाट टाउकोमा हुने जटिल प्रकारको ट्यिूमरको शल्यक्रिया समेत गरिसकेको नोवेल अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी बताए । न्युरो सर्जरी सेवा सञ्चालन गर्न दक्षिण अफ्रिकाबाट विशेषज्ञ न्यूरो सर्जन ल्याइएको दाहालले जानकारी दिए ।

अस्पतालमा अफ्रिकाका सर्जनसहित क्रिस्टियन मेडिकल कलेज एण्ड हस्पिटल भेलोर भारतका प्रोफेसर आइप चेरियन, सोही अस्पतालका प्रोफेसर तथा न्यूरो सर्जन डा.विनोद फेलिक्स, डा. मिनाक्षी बस्नेत र डा. सन्जिव ठाकुरले उपचार सेवा प्रदान गर्दै आएका छन् । यो प्रविधीबाट न्यूनतम ४० हजारदेखि अधिकतम १ लाख ६० हजार रुपैयाँसम्म लाग्ने अस्पतालले जनाएको छ । न्यूरो सर्जन डा. विनोद फेलिक्सका अनुसार,‘चिरेर गर्ने अप्रेसनभन्दा यो पद्धतीबाट गरेको उपचार सस्तो र सरल हो ।’ टाउकोमा रहेको ट्यूमरको उपचार गर्दा नाकको प्वालबाट उपचार गर्ने डा. फिलिक्सले भने ।’

नोबेलले विश्वभरका विभिन्न मुलुकबाट उपचारका लागि आफ्नो अस्पतालमा बिरामी आउनेगरी पूर्वाधारको विकास गर्ने तयारीमा रहेको अस्पताल निर्देशक डा. राजेश नेपालले बताए । ‘न्यूरोसम्बन्धी जुनसुकै उपचारका लागि पनि विदेश धाउनुपर्ने बिरामीको बाध्यता अन्त्य भयो,’ नेपालले भने, ‘टाउको जस्तो जटिल प्रकारको बिना चिरफार नेपालमा पहिलो पटक यति ठूलो काम नोबेलबाट सुरु भएको उनले दावी गरे ।- आवर बिराटनगरबाट |

Comments

comments