यु-१९ विश्वकप छनौट : अफगानिस्तानले दियो नेपाललाई १९६ रनको लक्ष्य हेर्नुस

काठमाडौं । यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको छनौट खेलमा   अफगानिस्तानले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनायो। अफगानिस्तानका इब्राहिम जादरान शतक पुरा गरे। उनले ११४ बलमा ७ चौका र ५ छक्काको मदतमा १०१ रन बनाए। त्यस्तै इकराम फैजीले २४ रन र नाभेद ओबिडले २२ रन बनाए।

नेपालका साहब आलमले ४ विकेट दिपेन्द्र सिंह ऐरीले ३, सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिए। केही बेरमा नेपालले जबाफी ब्याटिङ गर्दै छ।

यसअघि अफगानिस्तानसँग भएको खेलमा १ सय ४१ रनले पराजित भएको थियो।

नेपाल पाँच खेलबाट आठ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ भने पाँच वटै खेल जितेको अफगानिस्तान १० अंकसहित शीर्ष स्थानमा छ। DC नेपालबाट

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *