भारतमा पक्राउ परेकी हनिप्रीत नेपालको बारेमा गरिन यस्तो खुलासा |

एक महिनाभन्दा बढीसम्म फरार रहेकी हनीप्रीतलाई हरियाणा प्रहरीले नियन्त्रणमा लिएको छ ।साध्वी बलात्कार मुद्दामा कारावास सजाय भोगिरहेका राम रहीमकी धर्मपुत्री हनीप्रीत उर्फ प्रियंका तनेजा राम रहीमविरुद्ध सजाय सुनाइएपछि भड्केको हिंसाका लागि जिम्मेवार रहेको आरोप छ ।

उनी र डेरा सच्चा सौदाका सदस्यहरूलाई हिंसा भड्काएको आरोपमा मुद्दा दायर भएको छ ।दिल्ली उच्च अदालतले अघिल्लो हप्ता उनको अग्रिम जमानत निवेदन खारेज गरेको थियो । राम रहीमलाई सजाय भएपछि उनी नेपाल भागेको खबर आएको थियो ।‘म भारतमै बसेकी थिएँ, नेपाल गएकी थिइनँ,’ उनले टीभी च्यानललाई बताइन् ।

हनीप्रीतले आफू निर्दोष रहेको बताइन् ।‘सत्यको नै विजय हुन्छ र संसारले यो देख्नेछ । संसारले कसरी हामीप्रति यस्तो व्यवहार गर्न सक्छ भनी म दुःखी र स्तब्ध छु,’ हनीप्रीतले भनिन् । एजेन्सी

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *