बासी पानी पुनुहुछ ? बासी पानी पिउन योग्य हुन्छ कि हुदैन ?

एजेन्सी। तपाईले आफ्नो घरमा राखेको पानी बिहान उठेर खाँँदा यसको स्वादमा परिवर्तन भएको कुरा हामी मध्य सबैलाई थाहा छ। यसो हुनुको मूल कारण भनेको बेलुकाबाट विहानसम्ममा हुने रासायनिक परिवर्तन हो भन्ने कुरा पत्ता लागेको छ ।

रासायनिक परिवर्तन भन्ने बित्तिकै नआत्तिनुहोस्, किनभने यस प्रकारको रासायनिक परिवर्तन हानिकारक हुँदैन । हालै डिस्कोभरी न्युजमा यस प्रकारको परिवर्तनका साथै किन पानी भएको बोतलमा एक्सपाइरी डेट राखिन्छ भन्ने भिडियो प्रसारण गरिएको थियो ।

डेलीमेलमा प्रकाशित एक सामग्रीका अनुसार पानीमा प्रोटिन वा सुगर हुदैन यसले गर्दा पनि पानीलाई माइक्रोव्स्ले खानालाई टुक्र्याए जसरी टुक्र्याउँदैन । यसले गर्दा अन्य खाना बिग्रिए झैं पानी बिग्रिदैन ।

तर रासायनिक प्रक्रियाले गर्दा पानीको थोरै भाग मात्रै कार्बोनिक एसिडमा परिवर्तन हुन्छ । डिस्कोभरी न्युज कार्बोनिक एसिडले एउटा वा दुईटा प्रोटोन गुमाउने र कार्बोनेट वा बाइकार्बोनेटमा परिणत हुने’ भनेको छ । यसले गर्दा पानीको स्वादमा केही परिवर्तन हुनेगर्छ ।-एजेन्सी

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *