बाढी प्रभावित निर्देशक दिपाश्री निरौलाले गरिन सहयोग ..

काठमाडौं, २९ साउन । बाढी प्रभावितको लागि निर्देशक दिपाश्री निरौलाले व्यक्तिगत ५१ हजार रुपैयाँ सहयोग गर्ने भएकी छिन् । मोरङ समाज मार्फत बाढी प्रभावितको लागि दिपाश्रील रकम हस्तान्तरण गर्न लागेकी हुन् ।

‘सहयोग यो मेरो व्यक्तिगत हो’, छक्का पञ्जा २ निर्देशकले भनिन्, ‘यो सानो सहयोग सहयोगका सुरुवात हो । सबैबाट सानो सानो सहयोग भयो भने ठुलो बन्नेछ ।’ विराटनगर घर भएकी दिपाले पहिलो पटक विरटनगर विमानस्थल डुब्दा आँखा रसाएको बताइन् ।

यस्तै कलाकार तथा निर्माता निर्मल शर्माले पनि दश हजार बाट बाढी प्रभावितको सहयोगमा जुटेका छन् । बाढी प्रभावितको सहयोगमा जुट्न शर्माले सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् । प्राकृतिक प्रकोपले पुर्याएको क्षतिप्रति सम्पूर्ण कलाकर्मीले दुःख व्यक्त गर्दै सहयोगको अपिल गरिरहेका छन् । नेपालHDमा खबर छ …|

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *