बाढी पीडितको सहयोगका लागि देश-बिदेसबाट कलाकार ताते , धुर्मुस-सुन्तली लागे तराई …. यो पुरा हेर्नुहोस

बाढी पीडितको राहतका लागि कलाकारहरुले पहल सुरु गरेका छन् । व्यक्तिगत र संस्थागतरुपमै कलाकारले राहत अभियानको घोषणा गरेका छन् ।

तीनवटा वस्ती निर्माण गरेका कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले धुर्मुस–सुन्तली फाउण्डेसनमार्फत राहत अभियान सुरु गरेका छन् । उनीहरु आइतबार बिहान नै महोत्तरीतर्फ प्रस्थान गरिसकेका छन् ।

धुर्मुसले महोत्तरीमा चिकित्सकसहितको राहत टिम तयारी अवस्थामा रहेको बताउँदै तत्कालै काम सुरु गर्ने बताए । ‘म महोत्तरी जाँदैछु,’ कान्तिपुरसित उनले भने, ‘बर्दिवास पुग्नेवित्तिकै राहत टिम पीडितसमक्ष पुग्छ ।’

फाउण्डेसनले व्यक्तिगत/संस्थागत सहयोगका लागि औपचारिक अपिल गरिसकेको छ । बाढीपीडितको सहयोगका लागि प्रतिबद्धताहरु आउन सुरु भएको उनले बताए ।

काठमाडौंमा गाईजात्रे कार्यक्रममा व्यस्त कलाकार मनोज गजुरेलले पनि व्यक्तिगत सहयोग घोषणा गर्दै राहतको अपिल गरेका छन् । परिवारका लागि दसैं, तिज मनाउने खर्चसमेत गरेर २० हजार रुपैयाँ व्यक्तिगत सहयोगको घोषणा गरेका छन् ।

गजुरेल उपाध्यक्ष रहेको हास्य कवि/कलाकारको संस्था सिस्नुपानी नेपालले संस्थागत राहतको तयारी गरेको छ । ‘आज बैठक बोलाएका छौं,’ उनले कान्तिपुरसित भने, ‘उद्दार र राहतका लागि गर्न सकिने विकल्पहरुमा छलफल हुन्छ ।’

कलाकार दीपकराज गिरीले बाढी पीडितका लागि एक लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । फिल्म निर्देशकसमेत रहेकी हास्य कलाकार दीपाश्री निरौलाले मोरङ समाजमार्फत ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छन् ।

अभिनेत्री प्रियंका कार्कीले पनि तराईका बाढी पीडितका लागि ५१ हजार रुपैयाँ दिने घोषणा गरेकी छन् । उनले उद्दार र राहतमा सरकारले ढिलाइ गरेको भन्दै आलोचना गरेकी छन् । अमेरिकामा रहेका गायक प्रेमराजा महतले २१ हजार रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् | आजको कान्तिपुरमा खबर छ |

 

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *