प्रचण्डकी छोरीसँग चुनाव लडेका देवी ज्ञवाली कांग्रेस पार्टी प्रवेश, भित्रि वास्तविकता ..

काठमाडौं । स्थानीय तहको चुनावको सवैभन्दा चर्चित पात्र देवी ज्ञवालीले एमाले छोड्न लागेको समाचारले यतिखेर चितवनको मात्र होइन देशभर चर्चा छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालसँग चुनाव लडेका एमालेका पुराना नेता देवी ज्ञवाली निकै चर्चामा रहे ।

सिंगो नेपाली कांग्रेस र माओवादी केन्द्र उनलाई हराउन लागि परेका थिए । उनले जित्ने अवस्था आएपछि मतपत्र च्यात्न लगाएर पुन मतदान भएको थियो र माओवादीले भरतपुर महानगरपालिका जीतेको थियो ।

तर आज अवस्था फेरिएको छ । उनलाई हराउन हरेक खालको हत्कण्डा गरेको माओवादीसँग नेकपा एमाले मिल्ने तयारी गरेको छ भने मंसिरको चुनावमा माओवादीलाई भोट हाल्नुपर्ने अवस्था आउन लागेसँग देवी ज्ञवालीले एमाले छोड्न लागेका समाचारहरु एकाएक चर्चामा आएका छन् ।

एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धन र पुष्पकमल दाहाल चितवनबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी भएपछि ज्ञवालीले एमाले परित्याग गर्ने तयारी गरेका समाचार अाएका हुन्।

मंगलबार दिनभर उनले एमाले छोड्न लागेको समाचार चर्चामा रहेको थयो, जसको उनले कडा रूपमा खण्डन समेत गरेका छन ।

ज्ञवालीको भनाइ राख्दै अाएको समाचारमा यस्तो लेखिएको थियो,

‘मलाई हराउन प्रचण्डले कांग्रेससँग मिलेर ठूलो षड्यन्त्र गरे’, ज्ञवालीको भनाइ उदृत गर्दै एमाले चितवनका एकजना पदाधिकारीले भने, ‘प्रचण्डको पक्षमा मत माग्नुभन्दा बरु एमाले पार्टी नै छाडेर स्वतन्त्र रुपमा बस्छु ।’

प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई जिताउनका लागि नेपाली कांग्रेससँग तालमेल र जालझेल गरेर ज्ञवालीलाई पराजित गराएका थिए ।

भरतपुर महानगरपालिकाको मेयरमा जितेर पनि हारेका ज्ञवालीले माओवादी केन्द्रलाई कुनै पनि हालतमा आफूले सहयोग गर्न नसक्ने बताउँदै आएका छन् ।

प्रचण्ड चितवनमा प्रतिस्पर्धा गर्ने हो भने देवी ज्ञवालीको राजनीतिमा कहिल्यै पनि उन्नती हुने छैन ।

स्रोतका अनुसार एमाले परित्याग गरेपछि ज्ञवाली नेपाली कांग्रेसमा प्रवेशको तयारी थालेका छन् । ‘देवी ज्ञवाली एमाले र एमालेका नेताहरूसँग बिरक्तिनु भएको छ’, स्रोतले भन्यो, ‘विशेष गरेर केपी ओली र प्रचण्डको व्यवहारबाट आजित हुनुहुन्छ ।’ बरु निस्वार्थ भावना राखेर नेपाली कांग्रेसलाई सहयोग गर्ने तयारी गरेको आफन्तले समेत बताएका छन् ।

नेता ज्ञवालीले आफूलाई हराउन ठूलो भूमिका खेल्ने प्रचण्डको प्रचार गर्न केपी ओलीले निर्देशन दिएकोमा पनि चित्त दुखाएका छन् । उनले ओलीको निर्देशनलाई कहिल्यै नमान्ने जवाफ समेत फर्काइ सकेका छन् ।

विभन्न अनलाइनहरूमा यस्तो समाचार अाएपछि नेकपा एमाले चितवनका नेतासमेत रहेका ज्ञवालीले सामाजिक सञ्जालबाट उत्तर दिएका छन् । उनले अाफ्नो फेसबुकमा लेखेका छन्, यस्तो कपोकल्पित र भ्रामक समाचारको खण्डन गर्छु र यसबाट प्रभावित नहुन अाग्रह गर्छु ।’

ज्ञवालीले कपोकल्पित र झुट्टो समाचार लेख्नेका विरूद्ध अाफू लिगल एक्सनमा जाने जनाएका छन् ।- यो समाचार हामीले अनलाइन एस्परेसन्युज बाट साभार गरेका हौ |

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *