पहिरोमा परि एउटै घरका ७ जनाको ज्यान गयो ….

                                                                 फाइल फोटो

मकवानपुरमा पहिरोमा परी एउटै घरका ७ जनाको मृत्यु भएको छ । आइतवार विहान ४ बजेतिर बकैया गाउँपालिका वडा नं १० मन्थलीमा घरमाथीबाट आएको पहिरोमा एउटा घर पुरिएको हो । घरमा सुतिरहेका एउटै घरका ७ जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएका तीन जनाको शव निकालिएको छ भने चार जना अझै बेपत्ता भएका छन् । उद्धारका लागि सुरक्षा टोली पनि पुग्न सकेको छैन । बाढी पहिरोले सडक भत्काएपछि उद्धार टोली पुग्न नसकेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सुर्खेतको गुर्भाकोटमा पनि पहिरोले घर पुरिँदा एकै घरमा तीन जनाको मृत्यु भएको छ । आजको इमान्दार मिडियामा समाचार छ |

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *