नेपाली क्रिकेट टोलीलाई अम्पायरद्वारा होटल नछाड्न निर्देशन

नौ बजेबाट शुरु हुने खेलका लागि नेपाली क्रिकेट टोली मैदान पुग्ने बेला भइसकेको छ । तर टोली अहिले पनि होटलमा नै छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङ बिचको आजको दोश्रो खेलका लागि मैदान जाने बेला भईसकेको छ । तर अम्पायरहरुले नेपाली टोलिलाई होटल नछाड्न निर्देशन दिएका छन् ।

 

नेपाली क्रिकेट टोलीका टिम व्यवस्थापक रमन सिवाकोटिका अनुसार अम्पायरहरुले टोलीलाई होटल नछाड्न निर्देशन दिएका छन् । सिवाकोटिका अनुसार हङकङको मौसम अनुसार आजको खेल हुने न्युन सम्भावना रहेको पनि बताए ।

 

हङकङ मौसम विभागका अनुसार टाइफोन ८ (समुद्रि हावा) आउने अनुमान गरिएको छ । विभागले हङकङ समय अनुसार अहिले बिहान ९ बजे सम्मा टाइफोन ८ आउने अनुमान गरेको छ । हिजो बिहान टाइफोन ३ आइसकेकाले पनि टाइफोन ८ को सम्भावना बढि रहेको पनि विभागले जनाएको छ । त्यस्तै दिउँसो पानी पर्ने सम्भावना पनि धेरै रहेको विभागले जनाएको छ ।

 

खेलमा टाइफोन र पानीले बाधक बनाएमा आजको खेल भोली सोमवार गराईनेछ ।  पहिलो खेलमा नेपालले घरेलु टोलि हङकङ बिरुद्द शुक्रवार ८३ रनको विशाल हार ब्यहोरेको थियो जसका कारण नेपालको विश्व कप यात्रामा केही कठिन भएको छ ।- KIRKETINGनेपालबाट |

 

Comments

comments