निर्माण व्यबसायी गौचनको हत्या लगत्तै अर्का व्यवसायी जिपछिरिङलाई ‘त्यस्तै हालत बनाईदिने’ धम्की (फोन वार्ता सहित )

काठमाडौं । निर्माण व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष शरद् गौचनमाथि गोलीप्रहार भएको केही क्षणमा नै अर्का निर्माण व्यवसायी दीपछिरिङ लामाको फोनमा नम्बर नदेखिनेगरी फोन आयो ।
फोनमा सोधियो : लामा हो ?
लामा : हो ।
फोन काटियो । केही बेरमा फेरि नम्बर बिहीन तरिकाले फोन आयो ।
फेरि सोधियो : लामा हो ?
लामा : हो ।
अपरिचित : शरद् गौचनको हत्याको कुरा त थाहा भयो होला नि ।
लामा : थाहा भयो । तर तपाई को बोल्नु भो ?
अपरिचित : म को हो भन्ने कुरा चिन्नु जरुरी छैन । त्यस्तै हालतमा पुग्न मन छैन भने व्यवस्था गरेर बस्नू ।

सोमबार निर्माण व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष शरद् गौचनमाथि गोली प्रहार भएको केही क्षणमा नै अर्का निर्माण व्यवसायी जिपछिरिङ लामा माथि पनि ज्यान मार्ने धम्की आएको छ । यही धम्कीबारे लामाले सिभिल अस्पतालमा सुनाएको किस्सा हो माथिको ।

                                                                    धम्की आएपछि तनाव मुद्रामा देखिएका जिपछिरिङ(मोवाइल चलाउँदै गरेका) /साझा पेज

निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका लामा ठूलाठूला ठेक्कापट्टामा संलग्न हुने लामा कन्स्ट्रक्सनका अध्यक्ष पनि हुन् । नेपाली काँग्रेसको पूर्व केन्द्रीय सदस्य समेत रहेका लामालाई पनि यसरी धम्की आएको हो । यो समाचार हामीले साझाबाट साभार गरेका हौ |

Comments

comments