डरलाग्दो दुर्घटनाः मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु

कैलाली।   कैलालीमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा परेको छ। धनगढी उपमहानगरपालिका–१२ कनडी स्थित हुलाकी राजमार्गमा से.१ ख ५२८ नम्बरको बसले आइतबार से.१ प ७८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–११ बस्ने २० को दिपेन्द्र कुमार चौधरी, कैलारी गाउँपालिका–८ बस्ने २८ वर्षीय बिरबहादुर चौधरी र थापापुर गाउँपालिका–९ बस्ने २७ वर्षीय अभिषेक चौधरी भएको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  DcNepalनेपालबाट

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *