गोविन्द केसीज्यू, किड्नी चोरी हुँदा कता हुनुहुन्थ्यो, अहिले के–को अनशन हो ?

रविन अधिकारी, खुला पत्र डा. गोविन्द केसी अनशन बस्न निकै शिपालु हुनुहुन्छ । यसअघि उहाँ १० पटक अनशन बसिसक्नुभएको छ भने आइतबार मात्र ११ औँ अनशन बस्ने बताउनुभएको छ । यसअघि स्वास्थ्य क्षेत्रमा रहेका माफियाविरुद्ध र यसको सुधारका लागि अनशन बसेको बताउने केसीप्रति मेरो समर्थन थियो । तर, अहिले भने उनी कुनै स्वार्थका लागि अनशनको ढोल पिट्दारहेछन् भन्ने भान भएको छ । नत्र केही समयअघि मनमोहन मेडिकल कलेजले एक गरिबको किड्नी चोर्दा डा. केसी किन चुप बसे ? स्वास्थ्य क्षेत्रमा रहेको विकृति, विसंगती हटाउन लागि परेका केसीले त्यसविरुद्ध आवाज उठाउनुपर्ने होइन र ? अनि अहिले त्रिविका आएर पदाधिकारीको बर्खास्तीको माग राख्दै के–को आमरण अनशन ?

चिकित्सा शिक्षा क्षेत्रमा चलखेल भयो कि भन्ने कुरालाई लिएर तपाईं यति सिरियस हुनुहुन्छ तर, कसैको जीवनमाथि नै खेलवाड हुँदा मौन ! गरिब जनताका लागि, उनीहरुको पक्षमा आवाज उठाउछु भन्नुहुन्छ, कहिलेकहीँ विकट क्षेत्रमा गएर चर्चा पनि कमाउनुहुन्छ तर, एउटा गरिबको जीवन बरबाद हुँदा किन केही बोल्नुहुन्न ? त्रिविका पदाधिकारीको बर्खास्तीको माग गर्ने तपाईं मृर्गौला चोरी गर्ने डाक्टरको बर्खास्तीको माग गर्न किन सक्नुहुन्न ? कतै तपाईंको अनशनमा कुनै ठूलै स्वार्थहरु लुकेका त छैनन् ?

साभार :- kathmandu today

Comments

comments