गाईको शरीरमा भेटियो एचआईभीको उपचार : अब गाई मारेर एड्सको उपचार गर्नुपर्ने !

एजेन्सी : जब समस्या हुन्छ तब समाधानको खोजी हुन्छ । विश्वमा विभिन्न रोगको उपचार भए पनि एचआईभीको उपचार असम्भव जस्तै देखिएको बेला यसको उपचारमा सहयोग हुने देखिएको छ ।

एचआइभीको लागि भ्यक्सीन बनाउन गाई निकै सहयोगी साबित भएका अमेरिकी अनुसन्धानकर्ताले बताएका छन् । प्रतिरक्षाको लागि जनवार यस्तो विशेष एन्टीबडीज उत्पादन गर्छन् जसले एचआइभी निर्मुल पार्न सहयोग गर्छ । अनुसन्धानमा उल्लेख भए अनुसार कम्प्लेक्स र ब्याक्टेरिया युक्त पाचन तन्त्र हुन्छ । उक्त तन्त्रकै कारण गाईको प्रतिरक्षा क्षेमता धेरै विकसित भएको पाइएको अमेरिकाको नेशनल इन्चिटियूट अफ हेल्थले बताएको हो ।

एचआइभी एक घातक प्रतिद्वन्द्वी हो र यसले आफ्नो  स्थिती छिट्टै बदल्छ जसले गर्दा भाइरसले विरामीको प्रतिरक्षा प्रणालीमा हमला गर्न बाटो मिल्छ । एउटा भ्याक्सीनले रोग प्रतिरोधक सिस्टम विकासित गर्न सक्छ र एचआइभी संक्रमणको पहिलो स्टेज मै बचाउन सकिने अनुसन्धानकर्ताले बताएका छन् । इंटरनेशनल एड्स वैक्सीन इनिशिएटिव र द स्क्रिप्स रिसर्च इंस्टीच्यूटले गाईको प्रतिरक्षा क्षमताको बारेमा टेस्ट शुरू गरेका छन् ।

नेचर नामक जर्नलमा प्रकाशित नतिजा अनुसार गाईको एन्टीबडिजबाट एचआईवीको असर ४२ दिनमा २० प्रतिशतसम्म कम गराउन सकिन्छ ।प्रयोगशाला परीक्षणमा ३८१ दिनमा एन्टीबडिज ९६ प्रतिशतसम्म एचआईभीमा असर नगरेको बिबिसीले उल्लेख गरेको छ ।

यो अनुसन्धानले गाईमा एड्सको उपचार भेटिएको खबरले अब गाईको हत्या गरेर उपचार खोजिने भएको छ । यो विषयले हिन्दू धर्मावलम्बीमा भने आक्रोश सिर्जना हुन थालेको छ ।एजेन्सी

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *