कोशीबाँदका सबै ढोका खोल्न परराष्ट्रमन्त्री कृष्णबहादुर महराद्वारा भारतलाई आग्रह |

काठमाडौं, २८ साउन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सप्तकोशीको बहावमा उच्च जोखिम देखिएपछि कोशी व्यारेजका सबै ढोका खोल्न भारतलाई आग्रह गरेका छन् ।

मन्त्री महराले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई कोशीको ढोका खोल्न आग्रह गरेको उनका नीजि सचिवालयले जनाएको छ । कोशीमा ५६ वटा ढोका छन् । अहिले ३३ वटा ढोका मात्रै खोलिएको छ ।

तराईका अधिकाँश जिल्ला बाढी र डुवानमा परेका छन् । बाढी र पहरोबाट ३० जनाको मृत्यु भइसकेको छ । बाढीका कारण तराईका जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ ।

कोशीमा सबै ढोका नखोलेका कारण बिराटनगर समेत डुवानमा परेको छ ।झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके, सर्लाही लगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण ३० जनाको निधन भएको छ । ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको छ ।

गृहमन्त्री जनार्दन शर्माका अनुसार हालसम्म बाढी र पहरोमा परी मोरङमा तीन जना, झापामा दुई जना, सुनसरीमा सात जना, पाँचथरमा तीन जना, बारामा एक जना, सर्लाहीमा एक जना, बाँकेमा तीन जना, सिन्धुलीमा चार जना, पाल्पामा एक जनासहित ३० जनाको निधन भएको हो ।

लगातारको बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेर यो बर्षकै उच्च भएको छ । पानीको बहाव उच्च हुँदा समेत भारतले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरिरहेको भन्दै स्थानीयबासी रुष्ट बनेका छन् ।

पानीको बहाब प्रति सेकेण्ड २ लाख ७० हजार तीन सय ६५ क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी दिए । पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा पाँच दिनदेखि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।- दैनिकhedlineबाट

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *