अमेरिकाले अन्तिम पटक डिभी लोटरी खोल्ने, यस्तो छ नयाँ नियम… तपाईहरु पनि फ्री मा भर्नुहोस्

एजेन्सी । अमेरिकाले पुनः एक पटक डिभी लोटरी खोल्ने भएको छ । अन्तिम पटक खोल्न लागिएको भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट खुल्न लागेको हो । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पुनः डिभी खोल्न लागिएको जानकारी दिइएको हो ।

डिभीका नियममा यसवर्ष कुनै पनि परिवर्तन गरिएको छैन । तर अन्तिम म्याद नोभेम्बर ७ तारिखसम्मको लागि भने नकुर्न अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अन्तिम समयसम्म कुर्दा प्राविधिक समस्या आउने हुँदा चाँडै नै भर्न आग्रह गरेको हो ।

यस वर्षको डिभीको नतिजा मे महिनाको पहिलो हप्ता नै प्रकाशित हुनेछ । त्यस्तै डिभी पर्नेहरुले सन् २०१८ को अक्टोबरबाट भिसा पाउन थाल्छन् ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रबासीमाथि कडा रुपमा प्रस्तुत भए पनि अमेरिकी संसदले सेप्टेम्बर मसान्तभित्र यससम्बन्धि विधेयक पारिद गर्न नसक्दा डिभीको अवधी एक वर्ष लम्बिएको हो । आउँदो आर्थिक वर्षमा यदी विधेयक पारिद भएमा डिभी बन्द हुनेछ ।

 

अहिलेसम्म झण्डै ५० हजार नेपालीहरु डिभी परेर अमेरिका बसोबास गर्दै आइरहेका छन् ।

कसरी भर्ने डिभी चिट्ठा ?

डिभी भर्नका लागि कुनैपनि शुल्क नलाग्ने र डिभी भर्दा कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन पनि अमेरिकी दूतावासले आग्रह गर्दै आइरहेको छ । यदी डिभी फारम भर्दा कुनै सहयोगको आवश्यक परेमाा आफ्नो विश्वासिलो मान्छे वा आफन्तको सहयोग लिएर मात्र डिभी भर्न दूतावासले अनुरोध गरेको छ ।

 

डिभी भर्नका लागि डब्लूडब्लूडब्लू डिभी लोटरी डट स्टेट डट जीओभीमा लगइन गरी डाइभर्सिटी भिसामा गएर अनलाइन फर्म भर्न सकिने छ । यस्तै डिभी भर्दा २१ वर्ष भन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने दुतावासले जानकारी दिएको । डिभी फर्म भर्दा पर्छ कि भनेर धेरै पटक डिभी फर्म भरेमा त्यस्तो फर्म रद्द हुनेछ ।

 

यस्तै डिभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डिभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डिभी भरेमा त्यस्ता उम्मेद्वार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ ।

 

डिभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डिभी प¥यो कि परेन भनेर चेक गर्न कन्र्फमेसन नम्बर अनिवार्य चाहिन्छ ।-धनकुटा खबर

Comments

comments